Section 60
प्रदेश र स्थानीय तहको बाल अधिकार समिति
(१) प्रत्येक प्रदेशमा प्रदेशको बालबालिका सम्बन्धी विषय हेर्ने मन्त्रीको अध्यक्षतामा प्रदेश बाल अधिकार समिति रहनेछ।
(२) प्रत्येक स्थानीय तहमा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको उपाध्यक्ष वा उपप्रमुखले तोकेको त्यस्तो गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको सदस्यको अध्यक्षतामा स्थानीय बाल अधिकार समिति रहनेछ।
(३) उपदफा (१) र (२) बमोजिमका प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिमा रहने सदस्य संख्या र त्यस्तो समितिको काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि प्रदेश र स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ।